नेपालमा अन्धकार युग भनिने राणा शासनको समाप्ति र प्रजातन्त्रकाे प्रादुर्भाव सँगै यश क्षेत्रका शिक्षा प्रेमी समुदायको सकृयतामा वि.स.२००७ सालमा स्थापना भएको यश श्री शारदा माध्यमिक विध्यालयले ७० बर्ष पूरा गरिसकेको सहर्ष जानकारी गराउदछाैं । शिक्षा पद्वतिमा आएको परिवर्तन सँगसँगै शुरुआतमा कक्षा ३ सम्मकाे लाेवर प्राईमरी,प्राईमरी,मिडिल स्कुल हुँदै वि.स.२०२२ सालमा पहिलोपल्ट प्रवेशिका सामेल गराएको थियाे । एउटा सानाे झुपडीबाट शुरु भएर देशमा शिक्षामा आएको आमूल परिवर्तनको बेगमा भाैतिक निर्माण हुँदै ८ काेठे १ तल्ले पक्की भवन निर्माण भएकाेमा भारत सरकारकाे सहयोगमा थप २ तले भवन निर्माण भएकाे हाे । इटहरी उप महानगरपालिका वडा नं.१२, धरान-विराटनगर काेशी राजमार्गकाे छेउमै अवस्थित याे विद्यालय जाे सुकैकाे लागि सहज पहुँचमा रहेकाे छ। विभिन्न जातजाति भाषा भाषी धर्म समुदायका विध्यार्थीहरुकाे साझा थलाे रहेकाे यश विद्यालयमा विध्यार्थीहरुकाे दिन प्रतिदिन ठुलाे चाप बढ्दै गएकाे छ । स्थानीय अभिभावकहरुको माग र चाहना बमोजिम वि स २०६७ सालदेखि 10+2 (कक्षा ११ र १२) सञ्चालन भई प्रत्येक वर्ष कक्षा १२ मा उत्कृष्ट नतिजाका साथ विद्यार्थी सफल हुँदै आएका छन् । यश विद्यालयले समयानुकूल र व्यवहारिक शिक्षाद्वारा विद्यार्थी र अभिभावकहरुकाे मन जित्न सफल भएकाे छ ।
| Address: | Itahari-12, Khanar, Sunsari |
|---|---|
| Phone: | - |
| Email: | shardamavi2020@gmail.com |
| Website: | sssitahari.edu.np |
| Fax: |
https://mylocation.place/
प्रिय विद्यार्थीहरू, अभिभावकज्यूहरू,शिक्षकगण, कर्मचारी, तथा शुभेच्छुकहरूमा, मेराे नमस्कार। शारदा माध्यमिक विद्यालय, इटहरी–१२,खनार,सुनसरीको तर्फबाट तपाईहरू सबैमा हार्दिक स्वागत र नमस्कार व्यक्त गर्न चाहन्छु। यो विद्यालयको स्थापना वि स २००७ सालमा शिक्षा प्रतिको उच्च भावनाका साथ जागरूक रहनु हुने स्थानीय समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्वहरूको सक्रीय पहलमा भएको हो। सुरुमा आधारभूत तहको विद्यालयका रूपमा स्थापना भएको यस श्री शारदा माध्यमिक विद्यालय समय क्रममा स्थानीय आवश्यकता, समुदायको चाहना र हाम्रो समर्पणका कारण आज माध्यामिक तहसम्म पुग्न सफल भएको छ। विद्यालयले आफ्नो इतिहासमा थुप्रै चुनौतीहरूको सामना गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। विद्यालयको प्रारम्भिक अवस्था प्राथमिक तहबाट भएको भए तापनि समय क्रममा अभिभावक तथा समुदायको साथ, प्रतिबद्ध शिक्षक गणको योगदान र विद्यार्थीहरूको मेहनतले विद्यालयले माध्यमिक तह कक्षा १२ सम्मको प ... ठन–पाठन सेवा विस्तार गरेको छ भने कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा समूहको कक्षाहरु सञ्चालन भइ रहेका छन् । विद्यालयमा ICT (स्मार्ट कक्षा, कम्प्युटर शिक्षा), दक्ष, अनुभवी र प्रेरित शिक्षकहरूद्वारा पठन–पाठन गराइन्छ। विद्यालयले शैक्षिक गुणस्तरमा निरन्तर सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिको प्रयोग, अतिरिक्त क्रियाकलापहरू, स्वास्थ्य र सरसफाइ, विद्यार्थीको अनुशासन र नेतृत्व विकासमा विशेष ध्यान दिएको छ। बाल मैत्री सिकाइ वातावरण, विज्ञान प्रयोगशाला, वृती ल्याब, व्यवस्थित पुस्तकालय,अतिरिक्त क्रियाकलाप (खेलकुद, सांस्कृतिक कार्यक्रम),स्वच्छ पिउने पानी, तथा खेलकुद मैदानको सुविधा भएको र सुविधायुक्त शौचालयको व्यवस्था रहेको छ । हामी विद्यार्थीहरूको समग्र विकासमा विश्वास गर्छौं । शिक्षामा मात्र होइन, जीवनोपयोगी सीप, नैतिक मूल्य र नेतृत्व क्षमताको विकासमा पनि विद्यालय समान रूपले केन्द्रित छ। विद्यार्थीलाई आत्मनिर्भर, अनुशासित र जिम्मेवार नागरिक बनाउनु हाम्रो प्रमुख उद्देश्य हो। प्रिय अभिभावकज्यूहरू र शुभेच्छुकहरू, हामी तपाईंहरूको साथ, विश्वास र सुझावलाई अमूल्य सम्पत्ति मान्छौं। विद्यालयको निरन्तर प्रगतिको यात्रामा तपाईंहरूको सकारात्मक सहभागिता सदा आवश्यक छ। शारदा मा.वि. परिवारको अंग बन्नु भएकोमा हामी गर्व गर्छौं। धन्यवाद।